नियम १५
लिखित परीक्षाको नतिजा प्रकाशन
: १) पदपूर्ति समितिले यस नियमावली
बमोजिम लिखित परीक्षाको नतिजा प्रकाशन गर्दा
उम्मेदवारको रोल नम्वर नाम र थर समेत उल्लेख
गरी वर्णानुक्रमको आधारमा उत्तीर्णाङ्क प्राप्त गरेका
उम्मेदवारहरु मध्येबाट देहाय वमोजिमको सङ्ख्या थप
गरी नतिजा प्रकाशन गर्नु पर्नेछः-
क्र.सं. पदपूर्ति गर्नु पर्ने पद संख्या थप हुने संख्या
(क) १ देखि ५ सम्म भएमा 3
(ख) ६ देखि १० सम्म भएमा 5
(ग) ११ देखि १५ सम्म भएमा ८
(घ) १६ देखि २० सम्म भएमा १०
(ङ) २१ देखि २४सम्म भएमा १२
(च) २६ देखि ३० सम्म भएमा १४
(छ) ३१ देखि ३५ सम्म भएमा १५
(ज। ३६ देखि ४० सम्म भएमा १६
(झ) ४१ र सौ भन्दा माथि जतिसुकै भएपनि ४० प्रतिशत ।
(ज) प्रहरी कार्यालय सहयोगीको हकमा प्रयोगात्मक परिक्षा लिईनेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रयोगात्मक परीक्षा हुने पदमा लिखित परीक्षाबाट प्रयोगात्मक परीक्षाका लागि छनौट गर्दा पद पूर्ति गर्नु पर्ने पद संख्या १ देखि ५ सम्म भएमा थप ५ जना उम्मेदवारको नाम समावेश गर्नु पर्नेछ । पद पूर्ति गर्नु पर्ने पद संख्या ६ वा सो भन्दा बढी भएमा सो पद संख्याको दोब्बर संख्यामा उम्मेदवारको नाम समावेश गरी नतिजा प्रकाशन गर्नु पर्नेछ ।
(३) समान तहका भिन्दा भिन्दै विज्ञापन बमोजिमको लिखित परीक्षाको नतिजा प्रकाशन गर्दा नतिजामा नाम समावेश भएकामध्ये जति जना उम्मेदवारको नाम त्यसपछि प्रकाशन हुने पदको नतिजामा समावेश भएको छ, त्यतिकै संख्यामा थप उम्मेदवारहरूको नाम समावेश गरी नतिजा प्रकाशन गर्नु पर्नेछ ।
(३क) उम्मेदवारले लिखित परीक्षामा प्राप्त गरेको अङ्ग दोस्रो सङ्घकेत नम्बर अनुसार अभिलेख राखी वर्णानुक्रम अनुसार लिखित परीक्षाको नतिजा प्रकाशन गर्नु पर्नेछ ।
(४) उपनियम (१), (२) वा (३) बमोजिम नतिजा प्रकाशन गर्दा अन्तिम प्राप्ताङ्क समान भएका उम्मेदवार एकभन्दा बढी भएमा त्यस्ता सबै उम्मेदवारको नाम लिखित परीक्षाको नतिजामा समावेश गर्नु पर्नेछ ।
(५) उपनियम (१), (२) वा (३) बमोजिम नतिजाका लागि संख्या निर्धारण गर्दा ०.५ (शून्य दशमलव पाँच) वा सोभन्दा बढी हुन आएमा मात्र पूर्ण अङ्क एक मान्नु पर्नेछ ।
(६) यस नियम बमोजिम नतिजा प्रकाशन गर्दा कुनै कठिनाई आईपरेमा पदपूर्ति समितिले आवश्यक व्यवस्था गर्न सक्नेछ ।
(७) नतिजा प्रकाशन गर्दा अन्तर्वार्ता लगायत अन्य सम्बद्ध परीक्षाको मिति, समय, स्थान र उम्मेदवारको नाम समेत खुलाउनु पर्नेछ ।